धरान : धरान ८ का ५५ वर्षीय नौसद मियाँलाई प्रहरीले एकलाख बढी भारतीय नोटसहित पक्राउ गरेको छ ।
उनलाई हिजो शनिबार साँझ करिब ५ बजे विराटनगर महानगरपालिका वडा नं १७ मटेरुवास्थित अस्थायी प्रहरी चौकीले पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा भारतीय नोट ५०० दरका २ सय ६ थान गरि कुल १ लाख ३ हजार रुपैँया बरामद भएको प्रहरीले जनाएको छ ।
मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।












Discussion about this post