नेपालमा पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।
यस्तै, पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन्।













Discussion about this post