इटहरी : उच्च अदालत विराटनगरले इटहरी उपमहानगरपालिका वडा नं. ४ को निर्माणाधीन भवन रोक्न आदेश दिएको छ ।
जनता माध्यमिक विद्यालय इटहरीको नाममा रजिष्ट्रेशन पास रहेको इटहरी ४ स्थित कित्ता नं. ५५ को २ विगाहा ३ धुर जग्गामा इटहरी उपमहानगरपालिका वडा नं ४ को वडा कार्यालय भवन गैह्रकानुनी रुपले निर्माण शुरु गरेको भन्दै जनता माविका पूर्व विद्यार्थी तथा अधिवक्ता रमेशकुमार पोखरेलले गत शुक्रबार दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत विराटनगरका न्यायाधीश प्रेमराज ढकालको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
सार्वजनिक विद्यालयको नाममा रहेको जग्गामा स्थानीय निकायले भवन निर्माण गर्नु अवैध भएको जिकिर गर्दै अधिवक्ता पोखरेलले इटहरी ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराई, जनता माविका प्रधानाध्यापक छत्रपती ढुङ्गेल र जनता माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीराम दंगाललाई विपक्षी बनाई उत्प्रेषणको आदेशद्वारा निर्माण कार्य रोक्न माग गरेका थिए ।

निवेदकको बहस पश्चात सुनुवाई गर्दै उच्च अदालत विराटनगरले सबै विपक्षीलाई आगामी वैशाख १३ गते उपस्थित हुन र तत्काल निर्माण कार्य रोक्न आदेश गरेको हो ।












Discussion about this post