धरान : नेपाली राजनीतिमा पहिलो पटक जातीय जनसंख्याको मुद्दा उठाउने पहिलो पार्टीको रुपमा २०४८ सालमा स्थापित राष्ट्रिय जनमुक्ति पार्टीले जेठ महिनाको ५ , ६ र ७ गते धरानमा छैठौं महाधिवेशनको तयारी गरिएको छ ।
पार्टीको महाधिवेशनको तयारीबारे एक पत्रकार सम्मेलन गर्दै राजपाका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले पार्टीले अपेक्षित सफलता हाँसिल गर्न नसकेपनि आफ्नो मुद्दामा पछि नहटेको बताए ।
३ दिने महाधिवेशनमा ७७ वटै जिल्लाका ६ सय बढीको हाराहारीमा प्रतिनिधिहरुको सहभागी हुने उनले बताए ।
उक्त अधिवेशनमा एम.एस थापा मगर प्रमुख अतिथि रहनेछन् ।
देशमा रहेका ठूला पार्टीहरु आपसी झगडाको कारण हाल जनमुक्ति पार्टी फेरि बलियो बन्ने राजपाले जनाएको छ ।
वर्तमान केपी ओली नेतृत्वको सरकार असफल रहेको उदृत गर्दै पालुङ्वाले नेकपा माओवादी र नेपाली कांग्रेसलाई पनि जनताले प्रतिपक्षमा बस्न म्याण्डेट मात्र दिएको हुँदा अब सर्वदलीय र सर्वपक्षीय सरकार गठन गरेर चुनावमा जानू भन्दा अन्य विकल्प नरहेको बताए।
उक्त कार्यक्रम संचालन केन्द्रीय सचिव विष्णु थाम्देन लिम्बूले गरेको थियो ।














Discussion about this post