इटहरी : इटहरीमा बसोबास गरिरहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन तथा अब्यवस्थित बसोबास गरिरहेकालाई ब्यवस्थित गर्न प्रक्रिया अगाढि बढाइएको छ ।
इटहरीमा बिहीबार (भोलिदेखि) २० वटै वडाका टोल टोलमा लगत संकलन सुरु गरिने तयारी अघि सारिएको छ । लगत संकलनका लागि २५ जना कर्मचारी खटिने उपमहानगरले जनाएको छ ।
ठूला ५ वटा वडामा दुई दुई जना र अन्य वडामा एक एक जनाका दरले कर्मचारी खटाइएको छ । वैशाख महिना भित्रमा इटहरीका सवै भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अब्यवस्थित वसोवासीको लगत संकलन गरि सकिने उपमहानगरले जनाएको छ ।
इटहरीमा भूमी सम्वन्धी समस्यालाई समाधानका लागि सहजीकरण गर्न नगरप्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा भूमि सम्वन्धी समस्या समाधान सहजीकरण समिति गठन गरिएको छ ।














Discussion about this post