इटहरी : इटहरीमा १४ सहित प्रदेश १ मा थप २०२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
ती मध्ये मोरङमा ११४ जना छन् भने झापामा ३७, सुनसरीमा ३३, ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ जना छन् । संक्रमण पुष्टि भएकाहरु मध्ये १२ जना प्रदेश १ बाहिरका व्यक्तिहरु रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३५ महिला र ५५ पुरुष गरि ९० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २–२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीय तह नखुलेको १–१ छन् ।
झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र विर्तामोडमा ४–४, अर्जुनधारा र कनकाईमा ३–३, शिवसताक्षी र कमलगाउँपालिकामा १–१ जना छन् भने ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १–१, संखुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १ , इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ६४६ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९५९ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या १ हजार २०५ पुगेको छ ।













Discussion about this post