धरान : धरानस्थित वीपी प्रतिष्ठानमा कोरोना सङ्क्रमणका थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– १२ का ७५ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको हो ।
बैशाख ४ गते कोरोना पोजेटिभ भएपछि वृद्धलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा सोमबार दिउँसो १ः५५ मा मृत्यु भएको अस्पतालका सहप्रवक्ता डाक्टर चुडामाणी पोखरेलले जानकारी दिए । उनका अनुसार वृद्ध पुरुषमा उच्चरक्तचाप र मुटु सम्बन्धी रोग थियो ।












Discussion about this post