धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मुक्तेनमा आगो ताप्ने क्रममा जलेर ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय पबिमाया मगर रहेकी छन् । मंगलबार बिहान घरको आँगनमा चुलोमा खोले पकाइसकेपछि आगो ताप्ने क्रममा उनले ओढेको बर्कोमा आगो सल्किएको थियो ।
बर्कोबाट सल्किएको आगोले कम्मरमुनिको भाग जलेर गम्भीर घाइते भएकी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।















Discussion about this post