इटहरी : इटहरी उपमहानगरपालिकाको राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
संक्रमण देखिएपछि पाँच दिनका लागि उक्त शाखाबाट हुने सबै सेवा तत्कालका लागि बन्द गरिएको छ ।
शाखा प्रमुख नवीन भटटराईका अनुसार वैशाख १५ गते (आजदेखि) पाँचदिन सम्म कोठा नम्बर ९ राजश्व प्रशासन शाखाबाट हुने कर लगायतका सबै सेवा बन्द गरिएको हो ।
वडा कार्यालयहरु बाट हुने कर संकलन कार्य भने नियमित हुने उनले जानकारी दिए ।














Discussion about this post