उदयपुर : उदयपुरको उदयपुरगढी ७ मा आज भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
आज पौने १२ बजेको समयमा उदयपुरगढीबाट गाइघाटतर्फ जाँदै गरेको स १ च ९३९ नम्बरको बोलेरो आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा बलेरोमा सवार रहेका १३ जना घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल गाइघाट पठाइएकोमा उदयपुरगढी गाउँपालिका १ का ३७ वर्षीय शिव खत्रीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अन्य घाइतेहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post