इटहरी : प्रदेश १ मा आज हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । आज बुधबार प्रदेश १ मा २५६ जना कोरोना संक्रमित थपिएका हुन् ।
थपिएकाहरु मोरङमा १२०, झापामा ५०, सुनसरीमा ४७ छन् भने ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका २३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ४३ महिला र ६२ पुरुष सहित १०५ जनामा सक्रमण पुष्टि भएको छ । यस्तै, कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, धनपालथान, पथरीशनिश्चरे, बेलबारी , बुढीगंगा र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यसैगरि, झापाको विर्तामोडमा १३, गौरीगञ्जमा ११, दमकमा ५, कमल गाउँपालिकामा ४, शिवसताक्षी, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, मेचीनगरमा २, बा¥हदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जना छन् ।
सुनसरीको धरानमा २६ जनामा सक्रमण पुष्टि भएको छ भने इटहरीमा ११, इनरुवामा ४, बर्जुमा २, भोक्राहानरसिंह, बराहक्षेत्र, गढी र स्थानीय तह नखुलेको १–१ जना छन् । ताप्लेजुङको फुङलिङमा ११ र स्थानीय तह नखुलेको १, इलामको माईजोगमाई र रोङमा १–१, भोजपुरमा १, उदयपुरको बेलकामा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९० पुगेको छ । संक्रमित मध्ये ३० हजार ६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १ हजार ३७७ पुगेको छ ।













Discussion about this post