इटहरी : प्रदेश १ मा आज २७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२ जना छन् । यस्तै, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुार मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि सुन्दरहरैचामा १०, बेलबारी र कटहरीमा ४–४, उर्लाबारी र धनपालनथानमा ३–३, जहदामा २, केराबारीमा १ र स्थानीय तह नखुलेका २ जना छन् ।
झापाको विर्तामोडमा १७, मेचीनगरमा १०, दमकमा ८, भद्रपुरमा ५, गौरीगञ्जमा ४, शिवसताक्षी र अर्जुनधारामा २–२, हल्दिबारी, कनकाई र बा¥हदशीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरि, सुनसरीको धरानमा २३ जनामा संक्रमण पुष्टि भएको छ भने इटहरीमा १२, इनरुवामा ८, रामधुनी र बराहक्षेत्रमा ३–३, गढी, कोशी, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
इलामको इलाम नगरपालिकामा ३, फाकफोकथुममा २, देउमाई र सुर्योदयमा १–१, ताप्लेजुङको फुङलिङमा ३, मिकाखोलामा २, धनकुटामा २, उदयपुरको त्रियुगामा १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ३६० पुगेको छ । संक्रमितभएकामध्ये ३० हजार १५ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ८५५ पुगेको छ ।












Discussion about this post