इटहरी : इटहरीमा १८ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २९१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएकाहरुमा मोरङमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२० जनामा संक्रमण देखिएको छ । लेटाङमा ९, सुन्दरहरैँचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३–३, रंगेली र बुढीगंगामा २–२, मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा २० जनामा संक्रमण पुष्टि भएको छ भने इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३–३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १–१ जनामा पुष्टि भएको छ ।
यसैगरि, झापाको विर्तामोडमा १०, दमकमा ९, कनकाईमा ७, अर्जुनधारामा ६, भद्रपुरमा ५, शिवसताक्षी र मेचीनगरमा ४–४ गौरीगञ्ज र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बा¥हदशी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
ताप्लेजुङको फुङलिङमा ३ र स्थानीय तह नखुलेको १, इलामको चुलाचुली, माई र सुर्योदयमा १–१, उदयपुरको उदयपुरगढीमा २, ते¥हथुममा १, भोजपुरमा १, पाँचथरमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ६५१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १८ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २ हजार १४१ पुगेको छ ।












Discussion about this post