धरान : धरानमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये एक जना पत्रकार पनि रहेका छन् । पछिल्लो संख्या थप भएसँगै धरानमा १९० को हाराहारीमा सक्रिय संक्रमित पुगेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।
उनका अनुसार ती मध्ये एक दर्जन हाराहारी मात्र कोभिड अस्पतालमा लगिएको छ । अरु होम आइसोलेसनमा नै रहेको पनि मेहताले बताए ।












Discussion about this post