विराटनगर : विराटनगर महानगरपालिकाकामा कार्यरत नगर प्रहरी हवल्दारको कोरोना संक्रमणबाट आट विहान मृत्यु भएको छ ।
विराटनगर – ३ पुष्पलालचौक बस्दै आएका ५७ वर्षिय नगर प्रहरी हवल्दार सुर्यबहादुर घिमिरेको उपचारको क्रममा नोबेल अस्पतालमा भएको हो ।
पाँच दिन अघि कोरोना पुष्टि भएर स्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए ।
स्वासप्रश्वासमा समस्या भएपछि नोबेल अस्पतालको आइसियूमा राखेर उपचारको क्रममा घिमिरेको मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् ।











Discussion about this post