बिराटनगर : प्रदेश १ मा आज ६११ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३४ हजार ५५२ पुगेको छ । । संक्रमण पुष्टि हुनेमा मोरंगमा २६६, झापामा १६६, सुनसरीमा १२७ जना छन् भने उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ९० महिलार १०३ पुरुषसहित १९३ जना छन् । सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, धनपालथानमा ५, पथरीशनिश्चरेमा ४, मिक्लाजुङ, जहदा, रंगेली र सुनबर्षीमा ३–३, उर्लाबारीमा २, रतुवामाई र ग्रामथानमा १–१ जना छन् ।
यसै गरि, झापाको भद्रपुरमा ३६, विर्मामोडमा २४, दमकमा १९, मेचीनगरमा १६, विर्तामोडमा १४, कनकाईमा १२, गौराहदमा ११, अर्जुनधारामा ८, कमलगाउँपालिकामा ७, हल्दिबारीमा ६, बुद्धशान्ति, गौरादह र शिवसताक्षीमा ३–३, बाह्रदशीमा २, गौरीगञ्ज र स्थानीयतह नखुलेका १–१ जना छन् ।
सुनसरीको धरानमा ४९, इटहरीमा ३७, इनरुवामा १८, बर्जु, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा ४–४, दुहवीमा ३, हरिनगरमा २, भोक्राहानरसिंह र स्थानीयतह नखुलेका १–१ जना छन् ।
उदयपुरको कटारीमा ६, उदयपुरगढीमा ४ र स्थानीयतह नखुलेका १ जना छन् भने इलामको सुर्योदय, माईजोगमाई, माई र इलाम नगरपालिकामा १–१ जना छन् ।
ताप्लेजुङमा २, खोटाङको खोटेहाङ र साकेलामा १–१, संखुवासभाको खाँदबारीमा २, धनकुटामा २ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।












Discussion about this post