आइतबार मोरङको रतुवामाई नगरपालिका–६ स्थित मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको शव पहिचान खुलेको छ । शव भेटिएको दुई दिनपछि मृत अवस्थामा भेटिएकी महिला मोरङ कानेपोखरी–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार बाबु धनुष सोरेनले मृतकको सनाखत गरेका हुन् । ‘महिलाको पहिचान खुलेको छ, बुबाले सनाखत गरे,’ राईले भने, ‘थप अनुसन्धान जारी छ ।’
३२ वर्षीय सरिताका श्रीमानको दुई वर्षअघि मृत्यु भएको थियो । एक सन्तानकी आमा उनी कानेपोखरी गाउँपालिका–२ मा रहेको गाई फर्ममा काम गर्थिन् ।
बिहेमा जाने भन्दै उनले शुक्रबार नै गाई फर्मबाट बिदा लिएकी थिइन् । शनिबार काममा नगएकी उनको शव आइतबार घाँस काट्न गएका रामप्रसाद भण्डारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डीएसपी राईले बताए ।











Discussion about this post