इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार एक सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार २० हजार ४८२ मा परीक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको हो।
१९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी जम्मा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा संक्रमणबाट ५० जनाको मृत्यु भएको छ।












Discussion about this post