इटहरी : कोरोना संक्रमणबाट नेपालभरि थप ५३ जनाको मृत्यु भएको छ । भने थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ भने कुल संक्रमितको सङ्ख्या ३ लाख ८५ हजार ८९० जना पुगेका छन् । यस्तै मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।












Discussion about this post