इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार इटहरी २ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मृतकमा वैशाख १९ गते कोरोना पोजेटिभ देखिएको र उनलाई सोही दिन अस्पताल भर्ना गरिएको पोखरेलले टाकुरालाई जानकारी दिए ।
ती पुरुषको २६ गते आइतबार (हिजो) राति १० बजे मृत्यु भएको उनले बताए । शवको ब्यव्स्थापन नियमानुसार भइरहेको पोखरेलले बताए ।












Discussion about this post