धरान : कोरोना सङ्क्रमण भएर उपचार गराइरहेको क्रममा धरानका थप एक संक्रमितको मृत्यु भएको छ ।
धरान वडा नं ३ का ४३ बर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणी पोखरेलका अनुसार मध्यराती मृत्यु भएको थियो ।
मृतक बैशाख २० गते उपचारको लागि प्रतिष्ठानमा भर्ना भएका थिए भने बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कोभिड १९ को दोस्रो लहर शुरु भएपछि बैशाखमा मात्रै धरानमा मृत्यु हुने संक्रमितको संख्या ९ पुगेको छ ।












Discussion about this post