Sunday, July 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रेस चौतारी सुनसरीद्धारा स्थानीय तहको ध्यानाकर्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०७८
in समाचार
0
प्रेस चौतारी सुनसरीद्धारा स्थानीय तहको ध्यानाकर्षण
189
SHARES
Share on FacebookShare on Twitter

धरान : कोरोना भाइरस दोस्रो लहरको महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पु¥याउन प्रेस चौतारी नेपाल सुनसरीले स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।

प्रेस चौतारी नेपाल सुनसरी जिल्ला कार्यसमितिले मंगलबार जिल्लाका १२ वटै स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउदै पत्रकारलाई फिल्डमा काम गर्नका लागि स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पु¥याउन आग्रह गरेको छ ।

स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै फेलोसिप कार्यक्रम ल्याउन, स्थानीय मिडियालाई समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउन, रिपोर्टिङ गर्न फिल्डमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन साथै समन्वय गर्न आग्रह गरेको छ ।

प्रेस चौतारी नेपाल १ नं. प्रदेश सदस्य सन्तोष काफ्ले, पत्रकार महासंघ कतार शाखाका कार्यसमिति सदस्य खेमराज सुवेदी, प्रेस चौतारी नेपाल सुनसरी सदस्य तथा धरान इन्चार्ज दामोदर गुरागाई लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

जिल्लाका धरान, इटहरी, बराहक्षेत्र, इनरुवा लगायतका स्थानीय तहका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाइएको प्रेस चौतारी सुनसरीका अध्यक्ष शेखर ढकालले जानकारी दिए ।

साथै, चौतारीले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई समेत ध्यानकर्षण पत्र बुझाएको छ ।

महामारीको समयमा पत्रकारहरुलाई घरबाटै काम गर्ने वातावरण बनाउन भूमिका खेल्न, पारिश्रमिक नपाएका पत्रकार तथा सञ्चार गृहबाट निकालिएका पत्रकारहरुलाई आवश्यक सहयोग गर्न र संकटको समयमा तत्काल प्रभावकारी कदम चाल्न महासंघको ध्यानाकर्षण गराएको छ ।

Tags: प्रेस चौतारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

by रासस
साउन २, २०८३
0

भद्रपुर : झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६०...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1069 shares
    Share 428 Tweet 267
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.