Monday, November 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

रासस by रासस
कार्तिक ३०, २०८३
in भिजिट नेपाल, विविध, समाचार
0
प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ
50
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

यस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग, प्रवेशद्वार तथा सुम्निमा–पारुहाङको सालिकलगायतका संरचना निर्माण गरिएपछि पर्यटकको आवागमन बढ्न थालेको हो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले कपासे भञ्ज्याङको विकासका लागि मझुवा–कपासे भञ्ज्याङ पदमार्ग तथा विश्रामस्थल निर्माण गरेको छ ।

पदमार्ग निर्माणसँगै पर्यटकलाई यस क्षेत्रमा पुग्न सहज भएको छ । दुई जिल्लाको सङ्गमस्थलका रूपमा रहेको कपासे भञ्ज्याङको पर्यटन विकासका लागि भोजपुर र खोटाङका स्थानीय तहबीच सहकार्य भइरहेको छ ।

कपासे भञ्ज्याङलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाइएको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए । खोटाङको खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा यस क्षेत्रको विकासका लागि काम भइरहेको उहाँले जानकारी दिए ।

“कपासे भञ्ज्याङ पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो”, उनले भने, “यस क्षेत्रको विकासमा हामी जुटेका छौँ । वडाको बजेटबाट प्रवेशद्वार र पदमार्ग निर्माण गरेका छौँ । कपासे क्षेत्रलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।”

कपासे भञ्ज्याङलाई ग्रेटर मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासका काम भइरहेको वडा कार्यालयले जनाएको छ । यस क्षेत्रको प्राकृतिक सौन्दर्य, भौगोलिक अवस्थिति तथा सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न सके पूर्वी पहाडी क्षेत्रकै आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण कपासे भञ्ज्याङमा आन्तरिक पर्यटकको आवागमन बढेसँगै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुगेको स्थानीय बबिन्द्र राईले बताए । पर्यटकलाई लक्षित गरी आवश्यक संरचना निर्माण गरिएपछि यस क्षेत्रको पर्यटन विकासमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

“पर्यटक लक्षित संरचना निर्माण भएपछि यस क्षेत्रको विकासमा टेवा पुगेको छ”, उनले भने, “दुई जिल्लाका स्थानीय सरकारले यहाँको विकासका लागि आवश्यक काम गरिरहेका छन् । घुम्न आउने मानिसको सङ्ख्या बढेको छ । यसले स्थानीय कृषि उत्पादनको बजारीकरणमा सहयोग पुगेको छ । यस क्षेत्रको विकासले हामीमा उत्साह थपिएको छ ।”

कपासे भञ्ज्याङको प्रचारप्रसार र स्थानीय उत्पादनको बजारीकरणलाई थप प्रभावकारी बनाउन सके यस क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधिमा वृद्धि हुने उनको भनाइ छ ।

Tags: #पर्यटन#भोजपुरपर्यटक
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ
FEATURE BREAKING

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०८३
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नस्थित घाटमा रहेको छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको...

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा
FEATURE BREAKING

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८३
0

मोरङ : जलवायु परिवर्तन, सिमसार क्षेत्रको विनाश र मानव अतिक्रमणका कारण सगरमाथा तथा हिमालय पार गरेर नेपाल भित्रिने हिउँदे आगन्तुक (बसाइँसराइ...

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३
तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

कार्तिक २९, २०८३
सुनसरीका एकसहित दुईजना फरार प्रतिवादी पक्राउ

कोशीमा २७ जना फरार प्रतिवादी पक्राउ

कार्तिक २९, २०८३
धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

कार्तिक २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

कार्तिक ३०, २०८३
प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

कार्तिक ३०, २०८३
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1089 shares
    Share 436 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    516 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    385 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन