इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ९ का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले टाकुरालाई दिएको जानकारी अनुसार नोबेल मेडिकल कलेजबाट रिफर गरिएका ७६ वर्षीय संक्रमित बृद्धको मृत्यु भएको हो ।
उनलाई वैशाख २८ गते मंगलबार (हिजो) प्रतिष्ठानमा भर्ना गरिएको थियो भने वैशाख २६ गते कोरोना पोजेटिभ देखिएको पोखरेलले बताए । संक्रमित बृद्धको मंगलबार राति ११ बजेर ३० मिनेटमा मृत्यु भएको उनले बताए ।
मृतक बृद्धको शवको व्यवस्थापन नियम अनुसार हुँदैछ भने उनमा कुनै दीर्घरोग नरहेको प्रतिष्ठानले जनाएको छ ।












Discussion about this post