इटहरी (डेस्क) : मोरङको सुन्दरहरैँचा र बेलबारी घर भएका कोरोना भाइरस सङ्क्रमित दुई जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक महिला र एक वृद्ध पुरुष छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का ७२ वर्षीय वृद्ध पुरुषको मङ्गलबार साँझ ५:३० बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार वैशाख १० गते कोरोना पुष्टि भएका वृद्धलाई भोलिपल्ट उपचारका लागि भर्ना गरिएको थियो ।
त्यस्तै, बेलबारी नगरपालिका –९ घर भएकी ५६ वर्षीया महिलाको मङ्गलबार साँझ ६:३० बजे प्रतिष्ठानमै मृत्यु भएको छ । उनलाई जेठ २ गते कोरोना पुष्टि भएको थियो ।
उपचारका लागि जेठ ३ गते प्रतिष्ठानमा भर्ना गरिएको पोखरेलले जानकारी दिए ।














Discussion about this post