इटहरी : इटहरी उपमहानगरपालिका क्षेत्रका दुईजना कोरोना संक्रमितको ज्यान गएको छ ।
मृत्यु हुनेमा इटहरी ४ की ४३ वर्षीया महिला र इटहरी ८ की ७२ वर्षीया महिला रहेको इटहरी अस्पतालका प्रमुख रामकुमार धमलाले जानकारी दिए । उनका अनुसार इटहरी ४ की महिलामा जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमणपछि आफ्नै घरमा होम आइसोलेसनमा रहेकी उनको हिजो अपराहन्न ज्यान गएको हो ।
यसैगरी, जेठ २ गते कोरोना संक्रमित देखिएकी इटहरी ८ की महिलाको पनि होम आइसोलेसनमै ज्यान गएको छ ।














Discussion about this post