इटहरी : पछिल्लो २४ घण्टामा थपिएका संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । यो सँगै नेपालमा निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।
यस्तै पीसीआर विधिबाट गरिएको १९ हजार ३५७ परीक्षणमा २४ घण्टामा ८ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । एन्टिजेन विधिबाट गरिएको ७४८ परीक्षणमा ३८९ जनामा पोजिटिभ देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५६ हजार ६४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।














Discussion about this post