विराटनगर : कोरोना सङ्क्रमणका कारण मोरङ विराटनगरका विभिन्न अस्पतालहरूमा थप ११ जनाको मृत्यु भएको छ ।
विराट शिक्षण अस्पताल र नोबेल शिक्षण अस्पतालमा ४–४, कोसी अस्पताल, न्यूरो अस्पताल र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १–१ जनाको मृत्यु भएको हो ।
नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार राति ११ बजे विराटनगर– २ का ९१ वर्षीय पुरुषको मृत्यु भएको छ । मृतक शनिबार नै नोबेलमा भर्ना भएका थिए । त्यस्तै, शनिबार राति साढे ११ बजे झापा अर्जुनधारा– ११ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी पनि शनिबार नै अस्पतालमा भर्ना भएका थिए ।
त्यस्तै, सप्तरी महादेवा २ की ६० वर्षीय महिलाको आइतबार बिहान मृत्यु भएको छ । उनलाई शुक्रबार भर्ना गरिएको थियो । त्यस्तै धरान– १५ की ५५ वर्षीय महिलाको पनि आइतबार बिहान मृत्यु भएको छ । उनलाई जेठ ५ गते नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
यता, विराट शिक्षण अस्पतालका कोभिड १९ फोकल पर्सन सुनिल देवका अनुसार आइतबार बिहान करिब ७ बजे विराटनगर महानगरपालिका– १३ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ। उनलाई जेठ ५ गते विराटमा भर्ना गरिएको थियो ।
त्यस्तै, विराटनगर महानगरपालिका– १० की ६३ वर्षीय महिलाको पनि विराटमा मृत्यु भएको छ । शनिबार राति विराटमा भर्ना भएकी महिलाको आइतबार बिहान १२ः१५ बजे मृत्यु भएको हो ।
विराटनगरका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बैशाख ३० गते विराटमा भर्ना भएका भर्ना भएका पुरुषको आइतबार बिहान करिब साढे २ बजे मृत्यु भएको हो । सुनसरीको इनरुवा– १ का ६५ वर्षीय पुरुषको पनि विराटमा मृत्यु भएको छ । बैशाख २८ गते भर्ना भएका पुरुषको शनिबार राति ९ बजे मृत्यु भएको हो ।
यस्तै, कोसी अस्पताल विराटनगरमा धनकुटाको धनकुटा नगरपालिका– १ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । आइतबार बिहान ९ बजे मृत्यु भएका पुरुषमा जेठ २ गते कोरोना पोजेटिभ देखिएको थियो ।
आइतबार बिहान ७ बजे न्यूरो अस्पतालमा विराटनगर– ७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख २९ गते भर्ना भएका पुरुषको आइतबार बिहान ७ बजे मृत्यु भएको हो ।
त्यस्तै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर– ३ का ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । जेठ ५ गते भर्ना भएका उनको आइतबार बिहान करिब १ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।














Discussion about this post