विराटनगर : इटहरी उपमहानगरपालिकाकी एक महिलासहित विराटनगरका विभिन्न अस्पतालमा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, विराट मेडिकल शिक्षण, नोबेल र न्यूरो अस्पतालमा मंगलबार १३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । विराटनगर– १० का ८४ वर्षीय पुरुष र बेलबारी– ७ का ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।
यस्तै, विराटनगर महानगरपालिका–५ की ५० वर्षीया महिला र सुनसरीको दुहबी नगरपालिका–१ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको विराट मेडिकल शिक्षण अस्पतालको कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले बताए । विराटनगर महानगरपालिका–३ का ७९ वर्षीय पुरुष, विराटनगर–१३ की ३१ वर्षीया महिला, जहदा गाउँपालिका–१ का ३२ वर्षीय पुरुष, सुन्दरहरैंचा नगरपालिका–१० की ६५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका–७ का ५९ वर्षीय पुरुष, सुनसरीको इटहरी उपमहानगरपालिका–१७ की ७० वर्षीया महिला, सप्तरीको राजविराज नगरपालिका–९ की ७० वर्षीया महिला र सर्लाही ब्रहम्पुरी–७ का ३२ वर्षीय पुरुष उपचारको क्रममा मृत्यु भएको उनले बताए । यस्तै, न्यूरो अस्पतालमा विराटनगर– १० का ६९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका भारत श्रेष्ठले बताए ।














Discussion about this post