धरान : धरानमा प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकी इन्चार्ज घाइते समेत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । पछिपछि आएको अर्को समूहले चौकी भित्र आक्रमण गर्न खोज्यो । त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज असई सुमन दाहाल घाइते भएका छन् ।’
घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको खोजी भइरहेको छ ।












Discussion about this post