इटहरी : इटहरीका एक पुरुषसहित विराटनगरस्थित कोभिड अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका १७ का ५५ वर्षीय पुरुष, विराटनगर ६ का ४५ वर्षीय पुरुष, मिक्लाजुङ गाउँपालिका ९ का ६० वर्षीय पुरुष, केराबारी गाउँपालिका ७ की ८४ वर्षीया महिला, र सप्तरीका ३४ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
विराटनगर ३ की ५६ वर्षीया महिला, सुनसरीको दुहबी नगरपालिका ५ का ४० वर्षीय पुरुष र बर्जु गाउँपालिका ४ की ७० वर्षीया महिलाको उपचारको मृत्यु भएको कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजबंशीले बताए ।
त्यस्तै, विराटनगर १० का ६५ वर्षीय पुरुषको कोशी अस्पतालको कोभिड वार्डमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले बताए ।
विराटनगर महानगरपालिका ६ की ४८ वर्षीया महिला र सुनसरीको गढी गाउँपालिका ३ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको विराट मेडिकल कोभिड अस्पतालका इन्चार्ज डा. सुनील देवले बताए ।














Discussion about this post