उदयपुर : उदयपुरमा कोरोना भाइरस संक्रमणका कारण दाजुभाइको मृत्यु भएको छ । जिल्लाको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा चारदिनको फरकमा दाजुभाइको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५० वर्षीय पुस्कल मर्स्याङ्गीमगर र उनका ४५ वर्षीय भाइ तुलबहादुर रहेका छन् ।
श्वासप्रश्वासमा समस्या देखिएपछि पुस्कललाई विराटनगरस्थित नोबेल अस्पताल र तुलबहादुरलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा जेष्ठ १५ गते राति तुलबहादुरको मृत्यु भएको थियो भने जेठ १८ गते पुस्कलको नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।














Discussion about this post