Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीकी उपमेयरले दादागिरी शैलीमा पसल बन्द गराएको आरोप, सबै औषधी पसल अनिश्चितकालका लागि बन्द

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०७८
in टाकुरा विशेष, समाचार
0
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्
3.3k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले आफूखुशी ज्यादती गर्दै औषधी पसल शिल गरेको आरोप लगाउँदै औषधी व्यवसायीहरु आन्दोलित बनेका छन् ।

बुधबार उपमेयर गौतमको ठाडो निर्देशनमा कर शाखाका कर्मचारीसहित नगरप्रहरीले इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गरी यहाँको सामुदायिक अस्पताल, कलश फार्मेशी र एरभ मेडिस्कोलाई शिल गरेको थियो । औषधी पसलेले आफूखुशी औषधीको नाम केरमेट गरेर बिक्री गरेको आरोप लगाएर शिल गरिएलगत्तै इटहरीका सबै औषधी व्यवसायीहरु आन्दोलित बनेका हुन् ।

‘हिजो अनुगमनको नाममा औषधी विज्ञलाई नै नल्याइकन उपमेयरले दादागिरी शैलीमा पसल बन्द गराएको अवस्था छ, हामी यसको घोर भत्र्सना गर्दछौँ,’ औषधी व्यवसायी संघ सुनसरीका उपाध्यक्ष प्रभातकुमार श्रेष्ठले भने, ‘औषधी सम्बन्धी जानकारी नै नभएका व्यक्तिहरु आएर औषधी पसल बन्द गराइएको छ, उचित कारण नदेखाइकन पसल बन्द गराइनु हदैसम्मको ज्यादती हो ।’

कोरोना महामारीको समयमा समेत ज्यानको प्रवाह नगरी सेवा दिइरहेको समयमा बजार अनुगमनको नाममा ज्यादती गरेको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन् । उनीहरुले बिहीबारदेखि अनश्चितकालका लागि औषधी पसल बन्द गरेका छन् । ‘आजदेखि हामीले अनिश्चितकालका लागि इटहरीका सबै औषधी पसल बन्द गर्ने निर्णय गरेका छौँ,’ श्रेष्ठले टाकुरासँग भने, ‘नगरपालिकाको स्वास्थ्य शाखाबाट पनि कोही आएको अवस्था छैन, यसको सबै दोष उपमेयर नै हो ।’

बिहीबार बिहान उद्योग बाणिज्य संघ इटहरी, उपभोक्ता मञ्च इटहरी, औषधी व्यवसायी संघ सुनसरीको बैठक बसेपनि यकिन निर्णय नआएपछि अनिश्चितकालका औषधी पसल बन्द गरिएको व्यवसायीहरुले जनाएका छन् ।

‘जबरजस्ती दादागिरी शैलीमा बन्द गराइएको अवस्था छ, जनमानसमा औषधी पसलबाट अमर्यादित छन् भन्ने गलत सन्देश दिनका लागि उपमेयरको प्रोप्रोगाण्डा हो,’ आक्रोशमिश्रित रुपमा श्रेष्ठले भने, औषधी व्यवस्था विभागबाट कोही पनि मान्छे नल्याइकन औषधी पसल बन्द गर्न मिल्छ ?‘

बसेर समस्याको समाधान गर्नका लागि पहल गरिएपनि उपमेयर गौतमले ‘सबै मै हो’ भन्ने किसिमको जवाफ आएकोप्रति उनको आपत्ति थियो ।

यो समाचार तयार पार्दासम्म उपमहानगर परिसरमा उवासंघ इटहरी र औषधी व्यवसायीका प्रतिनिधिहरुबीच छलफल भइरहेको व्यवसायीहरुले बताएका छन् ।

यो पनि – औषधीको नाम केरमेट गरेर बिक्री गरिएपछि इटहरीका तीनवटा पसल शिल, औषधी व्यवसायीको आपत्ति

Tags: #इटहरी#लक्ष्मी गौतमटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    454 shares
    Share 182 Tweet 114
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.