गएको २४ घण्टामा देशभर ५ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।
यस्तै, २४ घण्टामा ५ हजार ९०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या कुल ४ लाख ६७ हजार ४६७ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशभर गरी थप ७५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।














Discussion about this post