गएको २४ घण्टामा देशभर ४ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो आज सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।
यस्तै, २४ घण्टाको अवधिमा ८ हजार ६६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरी थप १०१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।














Discussion about this post