इटहरी : प्रदेश १ बाट आज थप ५७३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने एक हजार ४४२ जनाले कोरोना जितेका छन् ।
थपिएका संक्रमितमध्ये सुनसरीको इटहरीमा ५८, धरानमा ५७, बराहक्षेत्रमा ३०, दुहबीमा ७, इनरुवा र स्थानीय तह नखुलेका ४–४, रामधुनी र गढीमा ३–३, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१ जना रहेका छन् ।
त्यस्तै, मोरङको विराटनगरमा ८६, बुढीगंगामा १५, लेटाङमा १३, उर्लाबारीमा ७, सुन्दरहरैचामा ४, पथरीशनिश्चरेमा ३, बेलबारी, कटहरी, रंगेली, जहदा, सुनबर्षी र रतुवामाईमा २–२, धनपालथान, केराबारी, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ३०, दमकमा २९, बिर्तामोडमा १८, मेचीनगरमा ११, कनकाईमा १०, शिवसताक्षीमा ६, कमल गाउँपालिकामा ५, अर्जुनधारामा ४, बुद्धशान्ति र कचनकवलमा ३–३, हाल्दिबारी र गौरीगञ्जमा २–२ र स्थानीय तह नखुलेका १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, उदयपुरको बेलकामा ३९, त्रियुगामा १५, उदयपुरगढीमा १, सङ्खुवासभाको चैनपुरमा २३, खाँदबारीमा २०, पाँचखपनमा ६, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रीबासमा २ र साँगुरीगढीमा १, इलामको इलाम नगरपालिकामा २, चुलाचुलीमा १, तेह्रथुमको म्याङ्लुङ र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, पाँचथरको फाल्गुनन्द र खोटाङको हलेसीतुवाचुङमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६४ हजार ३९३ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार २५ रहेको छ ।














Discussion about this post