इटहरी : प्रदेश १ मा थप ४६२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ९०२ जना संक्रमणमुक्त भएका छन् ।
थपिएकामध्ये मोरङको विराटनगरमा १०१, सुन्दरहरैँचामा ३५, पथरीशनिश्चरेमा १८, उर्लाबारीमा ११, बुढीगंगामा ५, रतुवामाई र बेलबारीमा ३–३, रंगेली, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका २–२ जना रहेका छन् ।
यस्तै, झापाको बिर्तामोडमा २१, हल्दिबारीमा १५, कनकाईमा १३, दमकमा १२, शिवसताक्षीमा ९, अर्जुनधारा र भद्रपुरमा ८–८, झापा गाउँपालिकामा ५, बुद्धशान्ति, मेचीनगर र कमल गाउँपालिकामा ४–४, गौरीगञ्ज र बा¥हदशीमा २–२, गौरादह र कचनकवलमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ४५, धरानमा ३०, बराहक्षेत्रमा ६, दुहवी र रामधुनीमा ५–५, हरिनगरमा २, गढी, देवानगञ्ज , इनरुवा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ६, शहिदभूमीमा २, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ४, चैनपुरमा २ र स्थानीय तह नखुलेका ३, ते¥हथुमको म्याङलुङमा ५, लालीगुराँसमा २, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, रोङ र सूर्योदयमा १–१ जना छन् ।
उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, पाँचथरको फिदिममा २, ताप्लेजुङको मिक्वाखोला र फक्ताङलुङमा १–१, भोजपुरको पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
हाल प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १६ हजार ५८१ रहेको छ ।














Discussion about this post