इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३,३८४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यही अवधिमा थप ६,२९५ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् । देशमा निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ६१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ ।














Discussion about this post