इटहरी : प्रदेश १ मा थप ३८५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ५५७ जना संक्रमणमुक्त भएका छन् ।
थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा ५४, भद्रपुरमा ३४, मेचीनगरमा १९, दमकमा १७, अर्जुनधारामा २२, शिवसताक्षीमा ९, कनकाईमा ८, बुद्धशान्तिमा ८, हल्दिबारी र कमल गाउँपालिकामा ४–४, बाह्रदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल र गौरादहमा १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ३९, इटहरीमा ३१, रामधुनीमा ५, दुहवी र बराहक्षेत्रमा ३–३, बर्जुमा २, इनरुवा र भोक्राहानरसिंहमा १–१ र स्थानीय तह नखुलेका ६ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ५८, सुन्दरहरैँचामा ८, उर्लाबारी र स्थानीय तह नखुलेका २–२, लेटाङ, रंगेली, कानेपोखरी, कटहरी, मिक्लाजुङ र बेलबारीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि संखुवासभाको पाँचखपन र चौनपुरमा ३–३, खाँदबारीमा १, इलामको इलाम नगरपालिकामा २, चुलाचुली, माईजोगमाई, सूर्योदय र स्थानीय तह नखुलेका १–१ जना छन् ।
उता, पाँचथरको फिदिममा ३, फाल्गुनन्दमा १, धनकुटाको धनकुटा नगरपालिकामा २, ताप्लेजुङ, तेह्रथुम र खोटाङमा १–१, प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।
हाल प्रदेशमा संक्रिय संक्रमितको संख्या १५ हजार ५५६ रहेको छ ।














Discussion about this post