इटहरी : प्रदेश १ मा थप ३७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७४० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
थपिएकामध्ये मोरङको विराटनगरमा ७८, बेलबारीमा २७, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबारीमा ७–७, बुढीगंगामा ५, सुनबर्षी र कटहरीमा ४–४, केराबरी र रतुवामाईमा २–२, ग्रामथान, जहदा, लेटाङ, मिक्लाजुङ र रंगेलीमा १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा २९, इटहरीमा २८, बराहक्षेत्रमा २२, दुहवी र रामधुनीमा ६–६, गढीमा ४, इनरुवामा ३, बर्जुमा २, हरिनगर र भोक्राहामा १–१ जना छन् ।
त्यस्तै, झापाको बिर्तामोड र मेचीनगरमा १६–१६, भद्रपुरमा १४, कनकाईमा ९, दमकमा ७, गौरादहमा ५, अर्जुनधारामा ३, हल्दिबारी र बुद्धशान्तिमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरि, इलामको इलाम नगरपालिका र सूर्योदयमा २–२, माई, चुलाचुली र रोङमा १–१, पाँचथरको हिलिहाङमा १ र स्थानीय तह नखुलेका ४, तेह्रथुमको म्याङलुङमा ३ र स्थानीय तह नखुलेका २ जना छन् ।
उता, भोजपुरको भोजपुर नगरपालिकामा ३ र अरुणमा २, संखुवासभाको सभापोखरी र चैनपुरमा २–२, धनकुटाको छथर र चौविसेमा १–१, ताप्लेजुङको फुङलिङ र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या १२ हजार ४०२ रहेको छ ।














Discussion about this post