इटहरी : पत्रकार भन्दै ठगी गर्ने इटहरीका एकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ रतुवामाई नगरपालिका १० बाट बनको कर्मचारी तथा पत्रकार हौँ भनि रकम ठगी गर्ने २ जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ६ जुटविकास का ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैँचा नगरपालिका ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेका छन् ।
गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० मा रहेको पूर्णबहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैँया तथा विभिन्न कागजपत्र बरामद भएको छ । बरामद भएको रकम अभिलेख डायरीमा मोरङको विभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ ।
उनीहरुले हामी बनको कर्मचारी र पत्रकार हौं, कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस् अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुन्धानबाट खुलेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेकामाथि ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post