इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
१६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३,७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यही अवधिमा थप ४,९५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, ४१ जनाको मृत्यु भएको छ ।














Discussion about this post