इटहरी : इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत बोयर जातका बोका वितरण गरेको छ । एक कार्यक्रमकाबीच उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई वोका वितरण गरेकी हुन् ।
प्रमुख प्रशासकीय अघिकृत सूर्यप्रसाद सुवेदी, वडा नम्वर ३ का वडाध्यक्ष वालकृष्ण विष्ट र वडा नम्वर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा बोयर जातका बोका वितरण गरिएको हो ।
इटहरी उपमहानगरपालिका पशुपंक्षी शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तगत कृषि फमहरुलाई १३ वटा वोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
अरु बोका वाख्रा पकेट कार्यक्रम लागू भएको इटहरी १८ को शिहंदेवी कृषि शहकारी संस्थामा आवद्ध कृषी समूहलाई वितरण गरिएको हो ।
यसमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ । त्यहाँका कृषकहरुलाई केहिदिन भित्रैमा सय वटा बोयर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।














Discussion about this post