धरान : धरानमा एकै वडाका दुईजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान वडा नं. १५ का दुईजना महिलाको मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार ३९ वर्षीया महिलाको गएराति ९ बजेर १० मिनेटमा मृत्यु भएको हो । उच्च रक्तचापका बिरामी रहेकी ती महिलालाई असार ९ गते संक्रमण पुष्टि भएको थियो भने ११ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
पोखरेलका अनुसार ६३ वर्षीया वृद्धाको बुधबार बिहान २ बजेर १० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचापका बिरामी वृद्धालाई जेठ ३० गते संक्रमण पुष्टि भएको थियो भने असार ६ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।














Discussion about this post