धरान : कोरोना संक्रमण भएका धरान उपमहानगरपालिका वडा नं १४ का एक पुरुषको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचरको क्रममा ४९ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले पुष्टि गरे । संक्रमितको हिजो राति ९ बजेर ४५ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए ।
मृतकलाई असार ५ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिनदेखि कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।














Discussion about this post