इटहरी : सप्तकोसी नदीमा पानीको बहाब उच्च मापन गरिएको छ । कोसी व्यारेज कन्ट्रोल रुमका अनुसार शुक्रबार बेलुका यो वर्षकै उच्च बहाब मापन भएको हो ।
शुक्रबार बेलुका पानीको बहाव एक लाख ५४ हजार ३ सय २४ क्यूसेक मापन भएको हो । पानीको बहाव उच्च भएपछि ५६ मध्ये २४ ढोका खोलिएको कन्ट्रोल रूमले जनाएको छ ।
सप्तकोसीमा अधिक बहाव सात लाख क्यूसेकसम्म मापन भएको रेकर्ड छ । एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ ।
सप्तकोसीमा पानीको बहाव प्रत्येक दुई–दुई घण्टामा मापन गर्ने गरिएको कन्ट्रोल रूमले जनाएको छ ।














Discussion about this post