इटहरी : इटहरी आउँदै गरेको स्कारपियोको ठक्करबाट एकको मृत्यु भएको छ ।
मंगलबार बा १३ च ३०८३ नम्बरको स्कारपियोको ठक्करबाट धरान उपमहानगरपालिका ८ का ५४ वर्षीय डिकप्रसाद बास्तोलाको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार धरान ८ सिद्धकाली चौंकस्थित कोशी राजमार्गमा पैदलयात्री रहेका बास्तोलालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बास्तोलाको उपचारको क्रममा राति ११ः४५ बजे वीपी प्रतिष्ठानमा निधन भएको प्रहरीले जनाएको छ ।
सुनसरी दुहवी नगरपालिका ५ बस्ने ७० वर्षीय सपनकुमार दास घाइते भएका छन् । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्कारपियो र चालक जिल्ला मोरङ बेलबारी नगरपालिका ५ बस्ने ३६ वर्षीय बुद्ध शेर्पा इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेका छन् ।
चालकले ट्राफिक नियम उल्लंघन गरेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।














Discussion about this post