इटहरी : सुनसरीमा १२४ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४४३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यतै यही अवधिमा ४६३ जना संक्रमणमुक्त भएका छन् ।
थपिएका संक्रमितमध्ये झापाको दमकमा ७७, बिर्तामोडमा २३, मेचीनगरमा १६, शिवसताक्षीमा १०, अर्जुनधारा र भद्रपुरमा ८–८, कनकाईमा ७, कमल गाउँपालिकामा ५, बा¥हदशीमा ४, गौरादहमा ३, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, इनरुवामा २, भोक्राहानरसिंह र दुहवीमा १–१, स्थानीय तह नखुलेका ९ जना छन्।
यस्तै, मोरङको विराटनगरमा ५७, लेटाङमा २३, बेलबारीमा १७, पथरीशनिश्चरेमा १०, बुढीगंगामा ४, उर्लाबारीमा ३, सुन्दरहरैँचा, कटहरी र स्थानीय तह नखुलेका २–२, कानेपोखरीमा १ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ११, महालक्ष्मीमा ३, छथरमा १ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ४, स्थानीय तह नखुलेका १, उदयपुरमा २, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १–१, तेह्रथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६६८ रहेको छ ।














Discussion about this post