धरान : प्रहरीले धरानबाट ब्राउनसुगर र अन्य लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानको टोलीले धरानका भिन्नाभिन्नै स्थानबाट तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान ८ गैरीटोलका २५ वर्षीय सन्तोष लिम्बूलाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।
उनको घरमा तलासी गर्दा किचन कोठामा लुकाई राखेको ४ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान ८ सेउती पुलदेखि पानबारी जाने पक्की सडकखण्डतर्फ जंगल क्षेत्रमा मोटरसाइकलमा सवार धनकुटा नगरपालिका ९ का २१ वर्षीय सुदीप राई लागूऔषधसहित पक्राउ परेका छन् ।
प्र–१–०६–००१ प ००१८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा पछाडि सवार रहेका सुदीपको साथबाट डाइजेल्याब २ एमएल, एभिल २ एमएल, लुपिजेसिक २ एमएल, फेनारगन २ एमएल लेखिएका ५ ५ एम्पुल गरि २० एम्पुल बरामद गरेको छ ।
लागूऔषध बरामद भएपछि ओसारपसारमा प्रयोग भएको मोटरसाइकलको चालक धनकुटा ६ का २१ वर्षीय सुमन कार्की समेत पक्राउ परेका छन् ।
पक्राउ परेका तीनैजनामाथि जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post