उदयपुर : उदयपुरको ताप्ली गाउपालिका ५ डुढे सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादै गरेको प्र २–०१–००–१ च–००५० नम्वरको बोलेरो गाडीले किचेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाडीमा सवार रहेका २५ वर्षीय रमेश नेपाली रहेका छन् । आज बिहान उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुदाँ उक्त गाडीमा सवार मानिसहरु ओर्लने क्रममा रमेश नेपालीलाई किचेर गम्भिर घाईते बनाएको थियो ।
घाईतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल लादै गर्दा बाटोमा मृत्यु भईसकेको अस्पतालले जनाएको छ । गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० बर्षीय ईस्वर श्रेष्ठ फरार रहेकाले खोज तलास भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post